दफा १२
हुलाक अड्डाको छाप प्रमाण लाग्ने
: (१) कुनै हुलाक वस्तु वापत यो ऐन अन्तर्गत असूल उपर गर्नुपर्ने भनी दावी गरिएको हुलाक महसुल वा अरु दस्तुर उपर गर्ने कारवाईमा ः-
(क) त्यसको ठेगानावालाले बुझिलिने इन्कार गरेको वा निजको मृत्यु भएको वा निज फेला नपरेको भन्ने व्यहोरा जनाई त्यसमा हुलाक अड्डाको छापसमेत लगाई पेश गरिएकोमा लेखिए बमोजिमको व्यहोरा साँचो हो भन्ने प्रमाण लाग्नेछ ।
(ख) सो वस्तु जसले पठाएको भनी अनुमान लगाईएको छ, अन्यथा प्रमाणित नभएसम्म सोही मान्य हुनेछ ।
(२) कुनै हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु दस्तुरको अंक जनाई त्यसमा हुलाक अड्डाको छाप समेत लगाईएकोमा लेखिए बमोजिमको व्यहोरा साँचो भन्ने प्रमाण लाग्नेछ ।